News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरी ज्यान गुमाएका गणेश नेपालीको घटनाको छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।
- मन्त्रिपरिषद्को निर्णय अनुसार उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गरिएको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
- मुगुका २५ वर्षीय नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको घटनाको सत्यतथ्य पत्ता लगाउन उक्त समिति गठन गरिएको हो ।
६ साउन, काठमाडौं । सरकारले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायिक समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार, उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गरिएको हो ।
आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4