News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ ।
- शरीरको ८५ प्रतिशत भाग जलेका मण्डलको आईसीयूमा उपचार भइरहेको थियो र शुक्रबार उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
- बिहीबार त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको वीर अस्पतालमा र शनिबार बुद्धनगरमा अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ ।
३० असार, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ ।
गत शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान निधन भएको हो ।
शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पताल पुर्याइएका मण्डको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनको आज बिहान २:०५ बजे निधन भएको कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर किरण नकर्मीले जानकारी दिए । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो ।
२५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए ।
बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो ।
शनिबार काठमाडौंको बुद्धनगरमा पनि एक जनाले आत्मदाह गरेका थिए ।
प्रतिक्रिया 4