News Summary
Generated by OK AI. Editorially reviewed.- आत्मदाहका कारण ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई गृहमन्त्री सुधन गुरुङले आइतबार नागरिकता हस्तान्तरण गरेका छन् ।
- मृतक नेपालीको परिवारसँग सरकारले आइतबार नौ बुँदे सहमति गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
- त्रिपुरेश्वरमा मोटरसाइकलको ह्विललक प्रकरणपछि शरीरमा आगो लगाएका नेपालीको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार मृत्यु भएको थियो ।
२८ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाहको कारण शुक्रबार ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर गृहमन्त्री गुरुङले नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका हुन् ।
आत्मदाहको कारण शुक्रबार ज्यान गुमाएका मुगुको सोरु गाउँपालिका–१ का नेपालीको परिवारसँग सरकारले आइतबार ९ बुँदे सहमति गरेको छ ।
महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि नेपालीले बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रममा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4