News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साको ठोरी गाउँपालिकामा सामान्य हावाहुरी र वर्षा हुँदा पनि पटकपटक विद्युत् कटौती हुने समस्याले स्थानीय नागरिकहरू सास्ती भोग्न बाध्य भएका छन् ।
- स्थानीय चिरञ्जीवी सापकोटाले विद्युत् प्राधिकरणले जीर्ण वितरण प्रणाली र रुखका झाडी व्यवस्थापनमा बेवास्ता गर्दा दीर्घकालीन समस्या समाधान हुन नसकेको गुनासो गरेका छन् ।
- कृष्ण बरालका अनुसार भोल्टेजमा आउने उतारचढावले स्थानीयका विद्युतीय उपकरणमा क्षति पुग्नुका साथै कृषि, व्यापार र स्वास्थ्य सेवामा पनि प्रतिकूल असर परेको छ ।
२८ असार, ठोरी । पर्साको ठोरी गाउँपालिकामा सामान्य हावाहुरी र वर्षा हुँदा पनि विद्युत् काटिने समस्याका कारण नागरिकहरूले सास्ती भोग्नु परेको छ ।
वर्षौंदेखि यस्तो समस्या दोहोरिँदै आए पनि नेपाल विद्युत् प्राधिकरणले दीर्घकालीन समस्या समाधानमा चासो नदिएको स्थानीय चिरञ्जिवी सापकोटा बताउँछन् ।
उनका अनुसार सामान्य हावाहुरी वा वर्षा भए पनि घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुने, भोल्टेज घटबढ भइरहने, हाफ लाइनको समस्या, जीर्ण वितरण प्रणालीका कारण स्थानीयले सास्ती भोग्नु परेको छ ।
विद्युत प्रसारण लाइन नजिक बढेका रुखका झाडी समयमै व्यवस्थापन नगरिँदा सामान्य हावाहुरीमै विद्युत् आपूर्ति बन्द हुने गरेको उनको भनाइ छ ।
गुणस्तरी विद्युत् आपूर्तिको व्यवस्था नहुँदा यसको प्रत्यक्ष असर घरायसी जीवन, कृषि, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा पनि परेको स्थानीय कृष्ण बराल गुनासो गर्छन् ।
भोल्टेज असन्तुलनका कारण टेलिभिजन, फ्रिज, कम्प्युटर, पानी तान्ने मोटर, इन्भर्टर लगायतका विद्युतीय उपकरणमा क्षति पुगिरहेको उनको गुनासो छ ।
पर्यटनको अपार सम्भावना बोकेको ठोरीमा भरपर्दो विद्युत् सेवा नहुँदा स्थानीय अर्थतन्त्र, लगानीको वातावरण तथा समग्र विकासमा समेत प्रतिकूल असर परेको सरोकारवालाहरूको भनाइ छ ।
प्रतिक्रिया 4