News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको आठराई गाउँपालिका-६ मा ५१ वर्षीया रूपा लिम्बूको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
- बुधबार बिहान १०:४० बजे घरायसी विवादका क्रममा रूपाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
- हत्यामा संलग्न ३८ वर्षीय कृष्णबहादुर लिम्बू फरार रहेकाले प्रहरीले उनको खोजी कार्य तीव्र पारेका छन् ।
६ साउन, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा सिमखर्कमा एक महिलाको हत्या भएको छ ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा ५१ वर्षीया रूपा लिम्बूको हत्या भएको हो ।
बुधबार बिहान १०:४० बजेको समयमा उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।
तेह्रथुमका प्रहरी निरीक्षक खेमबहादुर खत्रीका अनुसार धारिलो हतियार प्रहारबाट रूपाको घटनास्थलमै मृत्यु भएको हो ।
हत्यामा संलग्न आरोपित ३८ वर्षीय कृष्णबहादुर लिम्बू भने फरार रहेका छन् । उनको खोजीका लागि घटनास्थल र वरपरको क्षेत्रमा इलाका प्रहरी कार्यालय आठराई र चुहानडाँडा प्रहरीचौकीबाट प्रहरी परिचालन गरीएको खत्रीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4