News Summary
Generated by OK AI. Editorially reviewed.- लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको कुलेश्वरमा दुई राउण्ड गोली प्रहार गरी लागुऔषधसहित एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
- ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले पक्राउ परेकाहरूसँग ठूलो मात्रामा औषधीजन्य लागुऔषध बरामद भएको जानकारी दिए ।
- गोली प्रहारबाट भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको छ र घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
३ साउन, काठमाडौं । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरुलाई पक्राउ गरेको हो । ब्युरोबाट इन्स्पेक्टर राकेश यादवसहितको टोली खटिएको थियो ।
लागुऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाइएको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए। उनीहरुबाट औषधीजन्य लागुऔषध ठूलो मात्रामा बरामद भएको छ ।
गोली प्रहारबाट भारतीय नागरिक घाइते भएका छन् । उनको देब्रे खुट्टामा गोली लागेको छ । विस्तृत विवरण आउन बाँकी रहेको ब्युरोले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4