प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा सात लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
- महोत्तरीको सोनमा गाउँपालिकामा दिनेश यादवको गोठमा भएको आगलागीबाट तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
- काभ्रे र सप्तरीमा विद्युत् सर्ट भई भएका आगलागीका घटनामा क्रमशः दुई लाख ४० हजार र दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।
६ साउन, काठमाडौं । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा सात लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
काभ्रेको बनेपा नगरपालिका–१ दुलाल गाउँस्थित लक्ष्मण दुलालको गोठमा विद्युत् सर्ट भई मंगलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जल्दा करिब दुई लाख ४० हजार रुपैयाँ बराबरको नाक्सान भएको छ ।
प्रहरी प्रधानकार्यालयका अनुसार सप्तरीको कञ्चनरूप नगरपालिका–६ क्वाटर मलेठस्थित नवराज बस्नेतको गोठमा मंगलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब दुई लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4