+
+
Shares

हत्याका आरोपी कृष्णबहादुर पाँचथरमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको आठराई गाउँपालिकामा ५१ वर्षीया रूपा लिम्बूको हत्या गरेको आरोपमा ३८ वर्षीय कृष्णबहादुर लिम्बू पक्राउ परेका छन् ।
  • आरोपी कृष्णबहादुर लिम्बूलाई पाँचथरको हिलिहाङ गाउँपालिकाबाट लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
  • पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार आरोपीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको छ ।

७ साउन, पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–६ सिमखर्कमा ५१ वर्षीय रूपा लिम्बूको हत्याका आरोपी पाँचथरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका ३८ वर्षीय कृष्णबहादुर लिम्बू रहेका छन् ।

प्रहरीका अनुसार बिहीबार रूपामाथि खुकुरी प्रहार गरेर उनी फरार भएका थिए ।

लिम्बूलाई पाँचथरको हिलिहाङ–५ सुम्लिबुङमा लुकिछिपी अवस्थामा बसेको बेला पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।

आरोपीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?