News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा देशभर अपराधका घटना ४ दशमलव ३५ प्रतिशतले वृद्धि भएका छन्।
- आर्थिक वर्ष २०८२/८३ मा प्रहरीमा ६१ हजार १६ मुद्दा दर्ता भएका छन् भने गत वर्ष यो संख्या ५८ हजार ४७२ थियो।
- केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले साइबर अपराध, बैंकिङ कसुर, अनलाइन ठगी र वैदेशिक रोजगारीसँग सम्बन्धित मुद्दामा बढोत्तरी भएको बताएका छन्।
२२ साउन, काठमाडौं । देशभर अपराधमा वृद्धि भएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अनुसार ४ दशमलव ३५ प्रतिशतले अपराध वृद्धि भएको हो ।
शुक्रबा प्रहरी प्रधान कार्यालयमा भएको एक कार्यक्रममा केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले अपराधमा वृद्धि भएको बताए ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभरका प्रहरी कार्यालयमा गरी ६१ हजार १६ मुद्दा दर्ता भएका छन् । जबकि आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ५८ हजार ४७२ थियो ।
आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा ४ दशमदव ३५ प्रतिशतले अपराध वृद्धि भएको हो ।
त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ५९ हजार २०३ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३२३ मुद्दा दर्ता भएका थिए ।
साइबर अपराध, बैंकिङ कसुर, अनलाइन ठगी, वैदेशिक रोजगारीमा ठगी जस्ता अपराधमा बढोत्तरी भएको छ ।
प्रतिक्रिया 4