News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा १२ हजार ९५० उजुरीसहित बैंकिङ कसुर सबैभन्दा बढी हुने अपराधको पहिलो सूचीमा परेको छ।
- गत आर्थिक वर्षको तुलनामा देशभरका प्रहरी कार्यालयमा दर्ता हुने कुल अपराधमा ४ दशमलव ३५ प्रतिशतले वृद्धि भएको छ।
- आर्थिक वर्ष २०८२/८३ मा सार्वजनिक हितविरुद्ध ८ हजार ७०७ र आत्महत्याका ६ हजार १९७ मुद्दा दर्ता भएका छन्।
२२ साउन, काठमाडौं । सबैभन्दा बढी अपराध हुनेको पहिलो नम्बरमा बैंकिङ कसुरसम्बन्धी अपराध रहेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा भएका अपराधको विश्लेषण गरेको छ । जसमा सबैभन्दा बढी अपराध हुनेको पहिलो नम्बरमा बैंकिङ कसुरको उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी १२ हजार ९५० को संख्यामा बैंकिङ कसुरको उजुरी दर्ता भएको छ ।
त्यसपछि बढी अपराध हुनेमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर छ । यो कसुर अन्तर्गत ८ हजार ७०७ मुद्दा दर्ता भएका छन् । तेस्रामा भने आत्महत्या छ । आर्थिक वर्ष २०८२/८३ मा ६ हजार १९७ जनाले आत्महत्या गरेका छन् ।
त्यसपछि क्रमश लागु औषध, साधारण चोरी, जबरस्ती करणी, ठगी–आपराधिक विश्वासघा तथा लाभ, सवारी ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रवको कसुर छन् ।
त्यसैगरी करिब साढे ४ प्रतिशतले अपराध वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अनुसार ४ दशमलव ३५ प्रतिशतले अपराध वृद्धि भएको हो ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभरका प्रहरी कार्यालयमा गरी ६१ हजार १६ मुद्दा दर्ता भएका छन् । जबकि आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ५८ हजार ४७२ थियो ।
आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा ४ दशमदव ३५ प्रतिशतले अपराध वृद्धि भएको हो ।
त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ५९ हजार २०३ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३२३ मुद्दा दर्ता भएका थिए ।
प्रतिक्रिया 4