+
+
Shares

अमेरिकी मिडियाको रिपोर्ट : इरानको धम्कीपछि ट्रम्पलाई ट्रकभित्र लुकाएर विमान परिवर्तन गरियो

यसअघि अंकारामा भएको सम्मेलनका क्रममा ट्रम्पले आफू इरानले एक नम्बर टारगेट गरेको बताएका थिए।वासिङ्टन र तेहरानबीच युद्ध अन्त्य गर्ने वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण सुरु गरेको एक दिनपछि यो गोप्य विमान परिवर्तन गरिएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टर्कीमा आयोजित नेटो शिखर सम्मेलनबाट फर्कने क्रममा सम्भावित इरानी धम्कीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य रूपमा आफ्नो विमान परिवर्तन गरेका छन्।
  • अमेरिकी अधिकारीहरूले इरानबाट राष्ट्रपतीय विमानमाथि क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय खतरा पत्ता लागेको दाबी गरेका छन्।
  • ट्रम्पलाई विमानस्थलको क्याटरिङ ट्रक प्रयोग गरी गोप्य रूपमा अर्को सैन्य विमानमा सारिएको र यसको जानकारी धेरै कर्मचारीलाई समेत नदिइएको समाचारमा उल्लेख छ।

२६ साउन, काठमाडौं । गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी धम्कीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य रूपमा विमान परिवर्तन गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

टेलिभिजनका क्यामेराहरूले देख्ने गरी ट्रम्प एयर फोर्स वनमा चढेका थिए। तर त्यसपछि उनलाई गोप्य रूपमा विमानको उचाइसम्म उठाइएको विमानस्थलको क्याटरिङ सेवा दिने ट्रकमा लगेर अर्को सैन्य विमानमा सारिएको बताइएको छ । वासिङ्टन पोस्टका अनुसार विमानमा रहेका पत्रकारहरू र ह्वाइट हाउसका केही कर्मचारीलाई समेत राष्ट्रपतिले विमान परिवर्तन गरेको जानकारी थिएन।

सीबीएस न्युजलाई अमेरिकी अधिकारीहरूले इरानबाट उक्त विमानमाथि क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय खतरा पत्ता लागेको बताएका छन् । ह्वाइट हाउसले भने गोप्य विमान परिवर्तन भएको पुष्टि गरेको छैन।

यसअघि अंकारामा भएको सम्मेलनका क्रममा ट्रम्पले आफू इरानले एक नम्बर टारगेट गरेको बताएका थिए।वासिङ्टन र तेहरानबीच युद्ध अन्त्य गर्ने वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण सुरु गरेको एक दिनपछि यो गोप्य विमान परिवर्तन गरिएको थियो।

ट्रम्प टर्की पुग्दा कतारले उपहार दिएको नयाँ बोइङ ७४७-८ विमान प्रयोग गरेका थिए। तर उनले फर्किँदा पुरानो एयर फोर्स वनसँग पुराना दिनहरूको सम्झनाका लागि त्यसैबाट जाने घोषणा गरेका थिए।

८ जुलाईमा सार्वजनिक भएको भिडियोमा ट्रम्प अंकारा विमानस्थलमा राष्ट्रपतीय विमानमा चढेको देखिन्छ। तर वासिङ्टन पोस्टका अनुसार त्यसपछि उनलाई गोप्य रूपमा एउटा सानो C-32A सैन्य विमानमा सारिएको थियो । यो विमान परिमार्जन गरिएको बोइङ ७५७ हो र प्रायः उपराष्ट्रपतिले प्रयोग गर्ने गर्छन्।

ट्रम्पलाई विमानको अर्को छेउमा विमानको उचाइसम्म उठाइएको क्याटरिङ सेवा दिने ट्रकमार्फत C-32A मा पुर्‍याइएको थियो ।रिपोर्टअनुसार, रक्षा सचिव पीट हेगसेथ भने बाहिरी भर्‍याङ प्रयोग गरेर छुट्टै C-32A मा चढेका थिए। यसले विमान यात्रा सामान्य नै भइरहेको जस्तो देखाउने प्रयास गरिएको थियो।  -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?