+
+
Shares

दिल्लीमा इरानी विदेशमन्त्रीले गरे पाँच देशका विदेशमन्त्रीहरूसँग बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते २०:११

२८ भदौ, काठमाडौं । नयाँदिल्लीमा भएको १८औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरान, रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूले समूहगत बैठक गरेका छन् ।

सोमबार भएको बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो ।

बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न, बहुपक्षीय कूटनीतिलाई सुदृढ बनाउन तथा क्षेत्र र विश्वसामु रहेका चुनौती सामना गर्न संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको जनाएको छ ।

इरान र रुसबीच निकट सम्बन्ध रहेको मानिन्छ । दुवै देशले सिरिया, क्षेत्रीय सुरक्षा र ऊर्जालगायतका विषयमा सहकार्य गर्दैआएका छन् ।

चीन इरानको महत्वपूर्ण आर्थिक साझेदार हो । चीनले इरानबाट तेल आयात गर्नुका साथै इरानमा पूर्वाधारलगायत विभिन्न परियोजनामा लगानी गर्दै आएको छ ।

इरान र इजिप्टबीचको सम्बन्ध लामो समयसम्म सीमित रहे पनि पछिल्ला वर्षहरूमा दुवै देशले सम्बन्ध सुधारका लागि प्रयास गर्दै आएका छन् ।

इन्डोनेसिया र इरानबीचको सम्बन्ध सामान्यत: सकारात्मक रहेको छ । इन्डोनेसियाले मध्यपूर्वको राजनीतिमा प्राय: सन्तुलित धारणा अपनाउँदै आएको छ ।

इरान र कजाखस्तानबीचको सम्बन्ध मुख्यत: व्यापार, यातायात र क्षेत्रीय सम्पर्कमा केन्द्रित छ। अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात करिडोरजस्ता परियोजना दुवै देशका लागि महत्वपूर्ण मानिन्छन् । –बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?