News Summary
Generated by OK AI. Editorially reviewed.- इरानी विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आक्रमणकारी राष्ट्रहरूलाई कानुनी कठघरामा उभ्याउन आग्रह गरेका छन्।
- अराघचीले अमेरिका र इजरायलको सैन्य अभियानले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको धज्जी उडाएको भन्दै राष्ट्रसंघले कडा निन्दा गर्नुपर्ने बताए ।
- इरानले हर्मुज जलसन्धिमा आफ्नो सुरक्षाका लागि आक्रमणकारी पक्षसँग सम्बन्धित जहाजहरूको आवतजावत रोक्ने कानुनी अधिकार राख्ने दाबी गरेको छ।
१३ फागुन, काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोन वार्ता गर्दै राष्ट्रसंघको बडापत्र उल्लंघन गर्ने ‘आक्रमणकारी’ राष्ट्रहरूलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।
अराघचीले अमेरिका र इजरायलको सैन्य अभियानले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको धज्जी उडाएको भन्दै राष्ट्रसंघले यसको कडा निन्दा गर्नुपर्नेमा जोड दिएका छन्।
इरानी विदेश मन्त्रालयका अनुसार अराघचीले महासचिव गुटेरेसलाई राष्ट्रसंघको बडापत्रको ‘अध्याय ७’ अन्तर्गत आक्रमणकारीहरूलाई जवाफदेही बनाउन आग्रह गरेका छन्।
विदेशमन्त्री अराघचीले मध्यपूर्व र हर्मुज जलसन्धिमा सिर्जना भएको अस्थिरताको मुख्य जड अमेरिका र इजरायलको सैन्य हस्तक्षेप भएको दाबी गरेका छन्।
उनले इरान हर्मुज जलसन्धिको तटीय राष्ट्र भएको नाताले आफ्नो सुरक्षाका लागि ‘आक्रमणकारी’ पक्षसँग सम्बन्धित जहाजहरूको आवतजावत रोक्ने कानुनी अधिकार राख्ने तर्क गरेका छन्।
गत फेब्रुअरी २८ देखि सुरु भएको यो भीषण युद्धका कारण विश्वभर ऊर्जा संकट र क्षेत्रीय सुरक्षामा गम्भीर असर परेको छ।
प्रतिक्रिया 4