+
+
Shares

जेनजी आन्दोलनमा जेलबाट भागेका व्यक्ति गोंगबुबाट पक्राउ, ८६५ ग्राम नक्कली सुन बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख ठगी गरेको आरोपमा ओखलढुंगाका २८ अनिष थापा मगर पक्राउ परेका छन् ।
  • प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कको टोलीले उनलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
  • प्रहरीले उनीबाट ८६५ ग्राम नक्कली सुन बरामद गरेको र अदालतले ५ दिनको म्याद थप गरेको छ ।

२८ भदौ, काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भइ काठमाडौं नयाँ बसपार्क बस्ने २८ अनिष थापा मगर छन् ।

उनलाई प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्क खटिएको टोलीले पक्राउ गरेको हो ।

उनले नक्कली सुनलाई सक्कली सुन भन्दै १ करोड ३९ लाख रुपैयाँ ठगी गरेका थिए ।

उनीबाट नक्कली सुन ८६५ ग्राम समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए ।

पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनी बलात्कार कसुरमा कारागार चलान भएका व्यक्ति हुन् । जेनजी आन्दोलनमा उनी नख्खु कारागारबाट फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?