+
+
Shares

बैंक केवाईसी अपडेट गरिदिने भन्दै ओटीपी लिएर ठगी गर्ने चार पक्राउ

उनीहरूले बहालवाला र अवकाश प्राप्त कर्मचारीलाई लक्षित गरेर ठगी गर्ने गिरोह चलाएको ब्युरोले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १४:२५

२ भदौ, काठमाडौं । बैंकबाट बोलेको हुँ भन्दै कल गरेर ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासी रामग्राग नगरपालिका–१६का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका वडा नंं. १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा छन् ।

उनीहरूले बहालवाला र अवकाश प्राप्त कर्मचारीलाई लक्षित गरेर ठगी गर्ने गिरोह चलाएको ब्युरोले जनाएको छ ।

उनीहरूले ‘बैंकबाट बोलेको हुँ, केवाईसी अपडेट गर्नुपर्‍यो’ भन्दै फोन तथा वाट्सएप कलममा स्क्रिन सेयर गर्न लगाई ओटीपी कोड प्राप्त गर्ने र ती व्यक्तिको खातामा पहुँच पुर्‍याएर रकम रकमान्तर गरेर ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?