News Summary
Generated by OK AI. Editorially reviewed.- मेगा ड्रिम बहुउद्देश्यीय सहकारी र अन्य ५९ जनाको २४ करोड १९ लाख २९ हजार ८४० रुपैयाँ हिनामिना गरेको आरोपमा महाशंकर रेग्मी पक्राउ परेका छन्।
- बझाङ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका ८ शान्तिटोल बस्ने ३६ वर्षीय रेग्मीविरुद्ध १५६ जनाले १५ करोड ४ लाख ८६ हजार रुपैयाँ हिनामिनाको आरोपमा ठगी मुद्दा दायर गरेका थिए।
३१ भदौ, काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी र केही व्यक्तिको रकम हिनामिनाको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
सहकारीको २१ करोड ५६ लाख ९३ हजार ६६९ र अन्य ५९ जनाको २ करोड ६२ लाख ३६ हजार १७१ रुपैयाँ हिनामिना गरेको आरोपमा बझाङ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका ८ शान्तिटोल बस्ने ३६ वर्षीय महाशंकर रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै थप १५६ जनाले १५ करोड ४ लाख ८६ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा उनीविरुद्ध ठगी सम्बन्धी मुद्दा दायर गरेका थिए। उनी प्रहरीको फरार सूचीमा थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4