News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा जिप दुर्घटना हुँदा ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको छ।
- काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को. १ ज. २४९४ नम्बरको जिप ब्रेक फेल भएर करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
- दुर्घटनामा १० जना घाइते भएका छन् र उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
४ असोज, धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा जिप दुर्घटना हुँदा मृत्यु भएकाको पहिचान खुलेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा छथरजोरपाटी गाउँपालिका-३ की ६० वर्षीया शोकमाया लिम्बू रहेकी छन् । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार बिहान काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को. १ ज. २४९४ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
घाइते हुनेमा धनकुटा नगरपालिका–३ का २१ वर्षीय आशिष लिम्बू, चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री, धनकुटा नगरपालिका–४ की ४० वर्षीया धनमाया राई र उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बा, धनकुटा नगरपालिका–४ की ३३ वर्षीया पुनम लिम्बु, उनकी २ वर्षीया छोरी आरध्या लिम्बु घाइते भएका छन् ।
यस्तै धनकुटा नगरपालिका–४ का २६ वर्षीय आइन्द्र लिम्बु, वडा नं. ३ का २७ वर्षीय भवानी लिम्बु, वडा नं. ३ कै ४७ वर्षीय हेमबहादुर लिम्बु र वडा नं. ४ का ३० वर्षीय अबिन लिम्बु घाइते भएका छन् ।
घाइते भएका सबैलाई जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको सुमो गाडी सडकसम्म निकाल्ने पहल भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया 4