News Summary
Generated by OK AI. Editorially reviewed.- मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
- घाइतेमध्ये १३ जनालाई डडेल्धुरा अस्पताल पठाइएको छ भने सात जनालाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
- मेलौलीबाट झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
३१ भदौ, बैतडी । बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको हो।
दुर्घटनाका घाइते भएका मध्ये १३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
अन्य सात जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुने सक्ने आशंका प्रहरीले गरेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4