+
+
Shares

इलाममा जिप पल्टिँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बिहीबार जिप पल्टिँदा चालक ३५ वर्षीय तीर्थराज बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।
  • प्रहरीका अनुसार प्र.१–०१–००१ ज ३७०६ नम्बरको जिप सडकमा पल्टिएर दुर्घटना भएको थियो ।
  • दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१ असोज, काठमाडौं । इलाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जिपका चालक देउमाई नगरपालिका–१ चमैताका ३५ वर्षीय तीर्थराज बस्नेत रहेका छन् ।

इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको जिप सडकमा पल्टिएर दुर्घटना भएको थियो ।

जिपले थिचिएर बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?