+
+
Shares

धनकुटामा जिप दुर्घटना, एक जनाको मृत्यु

उनका अनुसार ११ जना सवार जिपमा अन्य केही घाइते भएको र दुर्घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते ९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बञ्चरेमा तांखुवाबाट धरान जाँदै गरेको को १ ज २४९४ नम्बरको जिप दुर्घटना भएको छ ।
  • दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ, र मृतकको पहिचान खुल्न सकेको छैन ।
  • ११ जना सवार जिप सडकभन्दा करिब १ सय मिटर तल खसेको छ, र केही अन्य घाइते भएका छन् ।

४ असोज, धनकुटा । धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।

को १ ज २४९४ नम्बरको जिप धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बञ्चरेमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो ।

धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा परी १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

उनका अनुसार ११ जना सवार जिपमा अन्य केही घाइते भएको र दुर्घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी छ ।

सडक अफ्ठ्यारो भएका कारण अनियन्त्रित भएर जिप दुर्घटनामा परेको हुन सक्ने उनले बताए ।

जिप सडकभन्दा करिब १ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?