+
+
Shares

मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट काभ्रेका ५८ वर्षीय चन्द्र बहादुर दोङको मृत्यु भएको छ।
  • मंगलबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएका दोङको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
  • प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

७ असोज, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुने पैदलयात्रीमा काभ्रे घर भएका ५८ वर्षीय चन्द्र बहादुर दोङ छन् ।

मंगलबार दिउँसो उनको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?