News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ नयाँबस्तीमा सोमबार बिहान ४:३० बजे टेलर गाडी अनियन्त्रित भई सडकदेखि १० फिट तल खोलमा पल्टिएको छ।
- वीरगञ्जबाट स्याउ बोकेर काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३-००१ख ९०६८ नम्बरको गाडी दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।
- घाइते हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरका २५ वर्षीय नरेश महतो र २८ वर्षीय रमेश कुशवाह छन्, उनीहरूलाई हेटौंडा अस्पताल पठाइएको छ।
५ असोज, काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ नयाँबस्तीमा ट्रक दुर्घटना भएको छ ।
सोमबार बिहान साढे ४ बजेको समयमा मधेश प्रदेश ०३-००१ख ९०६८ नम्बरको टेलर गाडी अनियन्त्रित भएर सडकदेखि १० फिट तल खोलमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट स्याउ लोड लिएर काठमाडौं तर्फ आउँदै गरेको गाडी चालक निदाएको कारण अनियन्त्रि पल्टिँदा चालक र सहचालक घाइते भएका छन् ।
घाइते हुनेमा ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरका २५ वर्षीय नरेश महतो र सोही ठाउँका सहचालक २८ वर्षी रमेश कुशवाह रहेका छन् ।
दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4