+
+
Shares

डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

रासस रासस
२०८३ असोज २ गते ९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटहरी उपमहानगरपालिका–४ मा बिहान डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालक धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको छ।
  • दुर्घटनामा सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका छन् र विराट शिक्षण अस्पतालमा उपचार जारी छ।
  • जिल्ला प्रहरी कार्यालय सुनसरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

२ असोज, सुनसरी । इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका अनिलको विराट शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार जारी छ ।

सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?