+
+
Shares

सर्लाहीमा दुर्घटनामा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको गोडैता र बरहथवामा भएका छुट्टाछुट्टै दुर्घटनामा ६५ वर्षीया शान्ति देवी र ४० वर्षीय सुनिता माझीको मृत्यु भएको छ।
  • गोडैता नगरपालिका–५ रामवनमा मोटरसाइकल अनियन्त्रित हुँदा शान्ति देवी घाइते भएकी थिइन् र बयोधा अस्पताल वीरगन्जमा मृत घोषणा गरिएको थियो।
  • बरहथवा नगरपालिका–३ सानो खुरखोटीमा घरको भर्‍याङबाट लडेर सुनिता माझी घाइते भएकी थिइन् र न्यूरो अस्पताल बारा पुर्‍याएपछि मृत घोषणा गरिएको थियो।

३० भदौ, सर्लाही। सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गोडैता नगरपालिका–५, रामवनस्थित भित्री सडक खण्डमा प्रदेश २–०३००१७ प ७१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ठाउँकी ६५ वर्षीया शान्ति देवीको मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते देवीलाई उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै सर्लाहीको बरहथवा नगरपालिका–३, सानो खुरखोटीमा घरको भर्‍याङबाट लडेर ४० वर्षीय सुनिता माझीको मृत्यु भएको छ । घरको भर्‍याङ चढ्ने क्रममा लडेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि न्यूरो अस्पताल बारा पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?