+
+
Shares

बारामा डिभाइडरमा जिप ठोक्किँदा चालकको मृत्यु, सहचालक घाइते

सोमबार बाराको  पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ च २२७७ नं. को जिप अनियन्त्रित भई डिभाइडरमा ठोक्किन पुगेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप डिभाइडरमा ठोक्किएर पल्टिँदा चालक २२ वर्षीय जैमुदिन अन्सारीको मृत्यु भएको छ।
  • सोमबार पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ च २२७७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
  • जिपका सहचालक २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन् र उनको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

२२ भदौ, काठमाडौं । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सोमबार बाराको  पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ च २२७७ नं. को जिप अनियन्त्रित भई डिभाइडरमा ठोक्किन पुगेको थियो ।

डिभाइडरमा ठोक्किए जिप पल्टिन पुग्दा जिप चालक पर्साको वीरगञ्ज महानगरपालिका-३० प्रोसतीपुरका २२ वर्षीय जैमुदिन अन्सारी घाइते भएका थिए ।

उनलाई उपचारका लागि बाराको परावनीपुरस्थित एलएस न्यूरो अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सले उनलाई मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

जिपका सहचालक पर्साको विश्रामपुर गाउँपालिका-९ का २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन् । उनको परावनीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?