१९ भदौ, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नौडाँडामा मोटरसाइकल र ट्याक्सी आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो नौडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको ग २५ प ९६२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज २४९३ नम्बरको ट्याक्सी ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक आँधीखोला गाउँपालिका–६ का २४ वर्षीय घनश्याम ढकाल घाइते भएका थिए।
उनलाई उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
दुवै सवारीसाधन र ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4