News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ सुनारटोलकी ३५ वर्षीया सविता सुनार घाँस काट्ने क्रममा मेलपानी भिरबाट करिब ४ सय मिटर तल खसेर सोमबार बिहान घाइते भएकी थिइन् ।
- प्रहरीले उनलाई उपचारका लागि पुतलीबजारस्थित प्रदेश अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका छन् ।
२९ भदौ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
अर्जुनचौपारी गाउँपालिका–४ सुनारटोलकी ३५ वर्षीया सविता सुनार सोमबार बिहान घाँस काट्न मेलपानी भिरमा पुगेकी थिइन् । घाँस काट्ने क्रममा चिप्लिएर उनी करिब ४ सय मिटर तल खसेर घाइते भएकी थिइन् ।
प्रहरीले घाइते सुनारलाई उपचारका लागि पुतलीबजारस्थित प्रदेश अस्पताल लगेको थियो ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4