News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ।
- कांग्रेसको क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए।
- कांग्रेस संस्थापनले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ, भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म समय निर्धारण गरेको छ।
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ ।
कांग्रेसको क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताए ।
कांग्रेस संस्थापनले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म हुने गरी महाधिवेशनको समय निर्धारण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4