News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको कलैया–वीरगञ्ज सडकखण्डमा बुधबार राति जिपको ठक्करबाट पैदल हिँडिरहेका करिब २२/२३ वर्षीय युवकको मृत्यु भएको छ।
- वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको जिपले गार्डेन भ्यु रिसोर्टनजिकै उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
- प्रहरीले जिप र चालकलाई नियन्त्रणमा लिएको छ भने मृतकको पहिचान खुलेको छैन र अनुसन्धान भइरहेको छ।
२६ भदौ, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
बुधबार राति करिब सवा ९ बजेतिर वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको जिपले गार्डेन भ्यु रिसोर्टनजिकै पैदल हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।
त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा राति साढे १० बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मृतकको शव एलएस न्युरो अस्पतालमा राखिएको छ भने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4