+
+
Shares
कविता :

याचना

डा. अनन्तप्रसाद अधिकारी डा. अनन्तप्रसाद अधिकारी
२०८३ भदौ २५ गते १८:३९

आँसुले बगाउन नसकिने यादहरू
मुस्कानमा लुकाउन प्रयत्नरत
एक आम मान्छे
निकासको खोजीमा भौतारिँदै
एक्कासी थुनिएको छ उकुसमुकुस
बन्द टनेल भित्र
आफ्नै मनको कतै, हजुर !

नयनद्वारबाट पसी देऊ
मनको पावरहाउसभित्र पुग्ने,
बन्द टनेलका पन्छाइ देऊ
यावत अवसादका अवरोधहरू।
पठाइ देऊ प्राणवायुको फोहोरा,
सिञ्चित गरी देऊ शुष्क छाती,
खोली देऊ थुनिएका ढोकाहरू,
निकाली देऊ
बाहिरी संसारमा उसलाई !

दया गरिदेऊ
एउटा निर्दोष थुनुवालाई,
हेर्ने छ वर्षात् पछिको नीलो आकाश,
चुम्ने छ रातको चन्द्रमा,
जित्ने छ ताराहरूसँगको दौड,
जिउने छ एउटा जीवन
धित मरुन्जेल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?