News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी–४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्।
- प्रधानमन्त्री बालेन शाहले रिक्त भएको मन्त्री पद पूर्तिका लागि उनलाई सिफारिस गरेका हुन्।
- राष्ट्रपति कार्यालय शीतल निवासमा उनको पद तथा गोपनीयताको शपथ आज साढे ५ बजे हुँदैछ।
२५ भदौ, काठमाडौं । सुनसरी–४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीको नियुक्त गर्ने व्यवस्था छ। सोहीअनुसार प्रधानमन्त्री बालेन शाहले उनलाई आजमात्रै रिक्त भएको मन्त्री पदपुर्तिका लागि सिफारिस गरेका हुन्। आजैमात्र गौरी यादवले उक्त मन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
राष्ट्रपति कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपन आजै साढे पाँच बजे हुँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4