+
+
Shares

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १८:४२

२५ भदौ, काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त भएलगत्तै उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपतिसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिए।

आज मात्रै गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामासँगै रिक्त उद्योगमन्त्री पदमा साह नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री साह सुनसरी ४ बाट निर्वाचित रास्वपाका सांसद हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?