+
+
Shares

ग्यास उद्योग निरीक्षणमा उद्योगमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले १२ साउनमा काभ्रेपलाञ्चोकस्थित सूर्य र सगरमाथा ग्यास उद्योगको स्थलगत निरीक्षण गरेकी छिन्।
  • बजारमा ग्यासको अभाव देखिएपछि मन्त्री यादवले उपभोक्ताको गुनासो सम्बोधन गर्न उद्योगको अनुगमन गरेकी हुन्।
  • मन्त्री यादवले ग्यास अभाव हुन नदिन व्यावसायिक प्रयोजनभन्दा घरायसी प्रयोजनलाई प्राथमिकता दिँदै बिक्री वितरण गर्न उद्योगीलाई निर्देशन दिएकी छिन्।

१२ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योग निरीक्षण गरेकी छिन् ।

उनले मंगलबार काभ्रेपलाञ्चोक नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योग निरीक्षण गरेकी हुन् । उपभोक्ताले ग्यासको अत्यधिक अभाव भएको भन्दै गुनासो गरेपछि उनी स्थलगत अवलोकनमा पुगेको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

उद्योगीले गत समयमा जस्तै अहिले पनि ग्यास आपूर्ति सहज गरेको तर उपभोक्ताले चाहिनेभन्दा बढी ग्यास खरिद गर्दा बजारमा ग्यास अभाव देखिएको गुनासो गरेका थिए ।

मन्त्री यादवले ग्यास अभाव हुन नदिन व्यावसायिक प्रयोजनभन्दा घरायसी प्रयोजनलाई प्राथमिकतामा राखी ग्यास बिक्री वितरण गर्न निर्देशन दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?