+
+
Shares

प्रधानमन्त्री र उद्योगमन्त्रीबीच कार्यसम्पादन सम्झौता, के छ प्राथमिकता ?

चालु आर्थिक वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिबारे सम्झौतामा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगमन्त्री गौरीकुमारी यादवबीच चालु आर्थिक वर्षका लक्ष्यसहित कार्यसम्पादन सम्झौता भएको छ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको कार्यक्रममा उनीहरूले सम्झौतामा हस्ताक्षर गरी प्रति आदानप्रदान गरे।
  • सम्झौतामा सुशासन, सेवा प्रवाह सुधार, उपभोक्ता हित संरक्षण, उद्योग तथा व्यापार विकास र आपूर्ति व्यवस्था प्रभावकारी बनाउने विषय प्राथमिकतामा राखिएको छ।

३ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवबीच कार्यसम्पादन सम्झौता भएको छ ।

चालु आर्थिक वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिबारे सम्झौतामा उल्लेख छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्री यादवले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरे ।

सम्झौतामा मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष गरिने प्रमुख काम, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, उपभोक्ता हित संरक्षण, उद्योग तथा व्यापार क्षेत्रको विकास र आपूर्ति व्यवस्था थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।

प्रधानमन्त्री शाहले सरकारका प्राथमिकता र लक्ष्यलाई परिणाममुखी बनाउन मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । उद्योगमन्त्री यादवसँग भएको सम्झौताले मन्त्रालयको कामलाई थप जिम्मेवार, प्रभावकारी र उपलब्धिमुखी बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?