News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय निजामती सेवा विधेयकको मस्यौदा परामर्शका लागि मन्त्रिपरिषद्ले लोकसेवा आयोगमा पठाएको छ।
- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गत बिहीबारको निर्णयअनुसार मस्यौदा आयोगमा पठाइएको बताइन्।
- लोकसेवा आयोगको परामर्शपछि मन्त्रिपरिषद्ले विधेयक संसद्मा दर्ता गर्न मन्त्रालयलाई अनुमति दिनेछ।
२५ भदौ, काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा लोकसेवा आयोग पुगेको छ ।
मन्त्रिपरिषद्ले नै यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाएको हो ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विधेयकको मसौदा परामर्शका लागि आयोगमा पठाउने निर्णय गरेको जानकारी दिइन् ।
निजामती सेवा ऐनमा कर्मचारीको सेवा सर्तसँग सम्बन्धित विधेयक तयार गर्दा आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ ।
यसअघि नै यो विधेयकलाई अर्थ मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अगाडि बढाउन स्वीकृति प्रदान गरिसकेका छन् ।
लोकसेवा आयोगबाट प्राप्त परामर्शका आधारमा मन्त्रिपरिषदले यो विधेयकलाई संसद्मा दर्ता गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुमति दिनेछ । त्यसपछि विधेयक संसद्मा दर्ता हुनेछ ।
सरकारलेसार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमा सरकार गठन भएको ४५ दिनभित्र यो विधेयक तर्जुमा गर्ने उल्लेख थियो । तर केही ढिलो गरी विधेयक अगाडि बढेको छ ।
प्रतिक्रिया 4