+
+
Shares

जलवायु न्यायका लागि प्रभावकारी कूटनीतिक पहल हुन आवश्यक छ : सांसद लामा

अब जलवायु परिवर्तनलाई केन्द्रमा राखेर विकास मोडलमा पुनर्विचार गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १७:५८

२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद डा. राम लामाले नेपालले जलवायु न्याय पाउनैपर्ने बताउँदै त्यसका लागि प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अबको प्रमुख चुनौती भनेको क्षतिग्रस्त सरकारी तथा निजी परियोजनाको पुनर्निर्माण, प्रभावित नागरिकको पुनर्वास र जीविकोपार्जनको सुनिश्चितता रहेको भन्दै उनले यसमा सबै जिम्मेवार हुन आवश्यक रहेको बताए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुर्खाहरूले भौगोलिक जोखिम र प्राकृतिक अवस्थालाई ध्यानमा राखेर पहाडका डाँडाहरूमा बस्ती बसाउने परम्परा अपनाएको बताए । तर आधुनिक विकास र शहरीकरणका नाममा नदी करिडोरमै बस्ती तथा पूर्वाधार विस्तार गरे ।

अब जलवायु परिवर्तनलाई केन्द्रमा राखेर विकास मोडलमा पुनर्विचार गर्न उनले सरकारको ध्यानाकर्षण गरे ।

साथै, जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा नमुना बस्तीका रूपमा पुनर्स्थापना गर्दै स्थानीयको भूमि, संस्कृति र पहिचान जोगाउने दीर्घकालीन योजना तत्काल अघि बढाउन अनुरोध गरे ।

हालको विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि न्यायोचित र अनुदानमा आधारित सहयोग सुनिश्चित गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका क्रममा प्रभावकारी कूटनीतिक पहल हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?