+
+
Shares

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटहरी-७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा सुनसरीका २९ वर्षीय पारस थापा र ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको छ।
  • आइतबार बिहान २:५० बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
  • उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपा लगिएका दुवै जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

२८ भदौ, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका-३ का २९ वर्षीय पारस थापा र मोटरसाइकल पछाडि सवार इनरुवा नगरपालिका-३ का ३४ वर्षीय सागर रेग्मी रहेका छन् । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी हुन् ।

आइतबार बिहान २:५० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा उनीहरू दुवै जना गम्भीर घाइते भएका थिए ।

दुवै जनाको उद्धार गरी बिहान उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपा पठाइएको थियो ।

उपचारका क्रममा रेग्मी र थापाको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?