News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको झापा गाउँपालिका–३ कामाटोलीमा अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा भारत किशनगञ्जका २८ वर्षीय सुल्तान अलीको मृत्यु भएको छ ।
- प्रहरीका अनुसार बिहीबार बिहान साढे १० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको बीआर ३७ क्यू ३९४९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
- गम्भीर घाइते अलीको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
१ असोज, काठमाडौं । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको किशनगञ्जका २८ वर्षीय सुल्तान अली रहेका छन् ।
बिहीबार बिहान साढे १० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको बीआर ३७ क्यू ३९४९ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।
उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4