News Summary
Generated by OK AI. Editorially reviewed.- भारतमा आजदेखि एप्पलको आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको आधिकारिक बिक्री सुरु भएको छ।
- नयाँ फोन किन्न दिल्ली, नोएडा, मुम्बई र बैंगलुरुका स्टोरबाहिर रातिदेखि नै ग्राहकको लामो लाइन लागेको थियो।
- नोएडाको डीएलएफ मल अफ इन्डियास्थित एप्पल स्टोरबाहिर पहिलो डेलिभरीका लागि केही ग्राहक पञ्जाबबाट समेत आएका थिए।
२ असोज, काठमाडौं । भारतमा आजदेखि एप्पलको नयाँ आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको आधिकारिक बिक्री सुरु भएको छ।
बीबीसी हिन्दीका अनुसार, नयाँ फोन किन्नका लागि दिल्ली, नोएडा, मुम्बई र बैंगलुरुजस्ता शहरहरूमा रातिदेखि नै मोबाइल स्टोरहरूबाहिर ग्राहकको भिड लाग्न थालेको थियो।
नोएडास्थित डीएलएफ मल अफ इन्डियामा रहेको आधिकारिक एप्पल स्टोरबाहिर रातिदेखि नै मानिसहरूको लामो लाइन देखिएको छ। नयाँ आईफोन सबैभन्दा पहिले हात पार्ने होडबाजीमा मानिसहरू हिजो राति २ बजेदेखि नै मल र स्टोरबाहिर लाइनमा बसेका थिए।
पहिलो डेलिभरी पाउनकै लागि देशका विभिन्न राज्यबाट आएका ग्राहकहरू बिहान ६ बजेदेखि नै लाइनमा उभिएका थिए। डीएलएफ मलमा त केही मानिसहरू पञ्जाबबाट समेत नयाँ फोन किन्न आएको पाइएको छ।
कति छ मूल्य?
आईफोन १८ प्रोको २५६ जीबी मोडलको भारतीय बजारमा मूल्य १ लाख ६५ हजार भारु तोकिएको छ भने ५१२ जीबी मोडलको मूल्य १ लाख ८९ हजार ९०० भारु रहेको छ।
त्यस्तै, १ टीबी क्षमताको मोडललाई २ लाख ३९ हजार ९०० भारु र २ टीबी क्षमता भएको मोडललाई ३ लाख १४ हजार ९०० भारु पर्नेछ।
प्रतिक्रिया 4