+
+
Shares

पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायका रिक्त डिनका लागि खुला प्रतिस्पर्धाबाट आवेदन माग गरेको छ।
  • डिन छनोटमा उम्मेदवारको योग्यता र अनुभवसँगै संकायको विकासका लागि प्रस्तुत रणनीतिक योजना र कार्यान्वयन क्षमतालाई आधार बनाइने विश्वविद्यालयले जनाएको छ।
  • विश्वविद्यालयले कार्ययोजनामा संकायको एसडब्लूओटी विश्लेषण, रणनीतिक प्राथमिकता, कार्यक्रम, कार्यान्वयन समयसीमा, स्रोत, बजेट र अनुगमन समेट्नुपर्ने जनाएको छ।

२ असोज, पोखरा । पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।

विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।

डिन छनोट प्रक्रियाअन्तर्गत उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना र व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ।

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको एसडब्लूओटी विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनु पर्नेछ।

खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको योग्यता र अनुभवसँगै सम्बन्धित संकायको विकासका लागि प्रस्तुत गरिने रणनीतिक योजना तथा त्यसको कार्यान्वयन क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ।

चारवटै संकायमा रिक्त डिन पदपूर्ति भएपछि शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप प्रभावकारी हुने विश्वविद्यालयको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?