News Summary
Generated by OK AI. Editorially reviewed.- झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतीय नागरिक २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको छ ।
- राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए र बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- गत बिहीबार पनि झापा गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा एक जना भारतीय युवकको मृत्यु भएको थियो ।
४ असोज, झापा । झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन आवाले जानकारी दिए ।
दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत बिहीबार पनि झापा गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा एक जना भारतीय युवकको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4