News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले संयुक्त राष्ट्रसंघको महासभामा गाजाको मानवीय अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको भूमिकामाथि प्रश्न उठाए।
- म्याक्रोनले गाजा शान्ति योजनालाई कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरिएकोप्रति आलोचना गर्दै शान्तिका लागि पर्याप्त प्रयास नभएको बताए।
- उनले रुस र युक्रेनबीच छिट्टै सार्थक वार्ता सुरु गर्न फ्रान्सले हरसम्भव प्रयास गर्ने बताए।
७ असोज, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गाजामा जारी मानवीय अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको भूमिकामाथि प्रश्न उठाएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै म्याक्रोनले गाजामा शान्ति स्थापनाका लागि गरिएको प्रयासबारे बोल्दै अन्तर्राष्ट्रिय समुदायको भूमिकामाथि प्रश्न उठाएका हुन्।
म्याक्रोनले भने, ‘विश्वका सामु यस्तो दृश्य छ, जसलाई देखेर हामी सबैले लाज मान्नुपर्ने हो।’
उनले गाजाको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायको भूमिकामाथि प्रश्न गर्दै शान्तिका लागि भइरहेको प्रयास पर्याप्त नभएको संकेत गरे।
म्याक्रोनले गाजा शान्ति योजनालाई कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरिएकोप्रति पनि आलोचना गरे।
उनले भने, ‘यदि हामी गाजालाई लिएर निरन्तर स्तब्ध भइरहन्छौं भने हाम्रो विश्वसनीयता कहाँ रहन्छ? केहीले कब्जाको विस्तार गरिरहेका छन्। तर यसभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने एकपटक फेरि शान्ति सुनिश्चित गर्न हामीले पर्याप्त प्रयास गरेका छैनौँ।’
म्याक्रोनले रुस र युक्रेनबीच पनि छिट्टै सार्थक वार्ता सुरु गर्न फ्रान्सले हरसम्भव प्रयास गर्ने बताए।
प्रतिक्रिया 4