+
+
Shares

उद्योग वाणिज्य संघ सप्तरी अध्यक्षमा दोहोरिए अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते ९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा लालुप्रसाद अग्रवाल सर्वसम्मत चयन भएका छन्।
  • १२ औं साधारणसभाबाट उद्योगतर्फ उपाध्यक्षमा दुर्गानन्द साह र वाणिज्यतर्फ उपाध्यक्षमा अमृतकुमार संचेती चयन भएका छन्।
  • संघको महासचिवमा सुरेन्द्रप्रसाद साह र सचिवमा सुरेन्द्र विमल, कोषाध्यक्षमा प्रमोदकुमार काबरा चयन भएका छन्।

७ असोज, ‎सप्तरी । उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा लालुप्रसाद अग्रवाल सर्वसम्मत चयन भएका छन् ।

१२ औं साधारणसभाबाट अग्रवा संघको अध्यक्षमा चयन भएका हुन् । यसअघि पनि अग्रवाल नै संघका अध्यक्ष थिए ।
‎‎
साधारणसभाबाट उद्योगतर्फको उपाध्यक्षमा दुर्गानन्द साह र वाणिज्यतर्फको उपाध्यक्षमा अमृतकुमार संचेती चयन भएका छन्।

‎‎संघको महासचिवमा  सुरेन्द्रप्रसाद साह र सचिवमा ‎सुरेन्द्र विमल , कोषाध्यक्षमा प्रमोदकुमार काबरा, सहकोषाध्यक्षमा निर्मलकुमार मुन्धडा चयन भएका छन् ।

‎त्यसैगरी सदस्यहरूमा दिलिपप्रसाद गुप्ता, सन्तोषकुमार सिन्हा, संजीवकुमार चौधरी, सन्तोषकुमार चौधरी,  सुमनराज सिंह, अनिलप्रसाद सिंह र सदस्य  (महिला) अम्बिकाकुमारी दाहाल चयन भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?