News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानको शारदा नगरपालिका आसपासको प्राकृतिक तथा ग्रामीण दृश्यले अहिले जो–कोहीको ध्यान खिचिरहेको छ।
- शारदा नगरपालिका–१ स्थित श्रीनगर बजारसँगै शारदा नदी किनारमा लगाइएको धानबाली पाक्ने अवस्थामा पुगेको छ।
- स्थानीयका अनुसार यस क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक र दृश्यावलोकनका लागि पुग्नेको संख्या बढ्दै गएको छ।
७ असोज, सुर्खेत । सल्यानको शारदा नगरपालिका आसपासको प्राकृतिक तथा ग्रामीण दृश्यले अहिले जो–कोहीको ध्यान खिच्ने गरेको छ।
शारदा नदी किनारमा पाक्दै गरेको धानबाली, श्रीनगर बजार र माथिल्लो भागमा फैलिएका पहाडी बस्तीले यहाँको सुन्दरता झल्काउने गरेको छ।
शारदा नगरपालिका–१ स्थित श्रीनगर बजारसँगै नदी किनारमा लगाइएको धानबाली पाक्ने अवस्थामा पुगेको छ।
हरिया डाँडाकाँडा र पहेँलिँदै गरेको धानबालीले ग्रामीण परिवेशलाई थप आकर्षक बनाएको छ।

श्रीनगर बजारको माथिल्लो भागबाट हेर्दा सल्यान सदरमुकाम खलंगा तथा आसपासका पहाडी बस्तीसमेत देखिन्छन्।
बजार, खेतीयोग्य जमिन, नदी र पहाडी भूगोलको संयोजनले शारदा आसपासको दृश्य मनमोहक देखिएको छ।

यस क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक तथा दृश्यावलोकनका लागि पुग्नेको संख्उा पनि बढ्दै गएको स्थानीय बताउँछन्।
विशेषगरी बिहान र साँझको समयमा यहाँबाट देखिने पहाडी भू–दृश्य तथा शारदा नदी आसपासको वातावरण आकर्षक देखिन्छ।
प्रतिक्रिया 4