+
+
Shares

अछाम-२ मा क्षेत्रीय अधिवेशन सम्पन्न गर्न कांग्रेसको सहजीकरण समिति

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अछाम–२ मा नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत १० असोजको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका लागि सात सदस्यीय सहजीकरण समिति गठन गरिएको छ।
  • सुदूरपश्चिम प्रदेशका सहमहामन्त्री अम्बिका चलाउनेको संयोजकत्वमा बनेको समितिले सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गराउन समन्वय गर्नेछ।
  • क्षेत्रीय कार्यसमिति बैठकले पार्टीभित्रको एकता कायम राख्दै अधिवेशनलाई सौहार्दपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने जिम्मेवारी समितिलाई दिएको छ।

७ असोज, काठमाडौं । अछाम निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्नका लागि सहजीकरण समिति गठन गरिएको छ ।

१० असोजमा हुन गइरहेको अधिवेशनमा सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्ने वातावरण बनाउनका लागि अछाम–२ मा सात सदस्यीय सहजीकरण समिति गठन गरिएको हो ।

महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति तथा प्रदेश ‘क’ र ‘ख’ कार्यसमितिमा सहमतिबाट नेतृत्व चयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न समिति गठन गरिएको क्षेत्रीय उपसभापति ताराप्रसाद खनालले जानकारी दिए ।

उनकाअनुसार क्षेत्रीय कार्यसमितिका सभापति पुष्पराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको सुदूरपश्चिम प्रदेशका सह–महामन्त्री अम्बिका चलाउनेको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरिएको हो ।

समितिमा कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह, पूर्वसांसद रामबहादुर विष्ट, सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य वेदप्रकाश तिमिल्सैना, महासमिति सदस्यद्वय सुरतबहादुर विष्ट र पदमराज अधिकारी तथा क्षेत्रीय कार्यसमितिका सभापति शर्मा सदस्य रहेका छन् ।

क्षेत्रीय कार्यसमिति बैठकले पार्टीभित्रको एकता र सहकार्यलाई कायम राख्दै अधिवेशनलाई सौहार्दपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गर्न समितिलाई जिम्मेवारी दिएको उपसभापति खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?