News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठ पहिलो चरणमै चाइनिज ताइपेइकी चेन सु–युसँग ४–१ ले पराजित भइन्।
- नविताले पहिलो गेम ११–९ ले जिते पनि चेनले लगातार चार गेम ११–४, ११–४, ११–० र ११–३ ले जितिन्।
- महिला सिंगल्समै नेपालकी इभाना थापा पनि पहिलो चरणबाटै बाहिरिएकी छन्, अब महिला डबल्समा इभाना र नविताको जोडीले प्रतिस्पर्धा गर्नेछ।
७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएकी छन् ।
स्काइ हल टोयोटामा बुधबार भएको खेलमा नविता चाइनिज ताइपेइकी चेन सु–युसँग ४–१ को सेट स्कोरमा पराजित भइन् ।
नविताले पहिलो गेम ११–९ ले जित्दै खेलमा राम्रो सुरुवात गरेकी थिइन् । तर त्यसपछि लगातार चार गेम गुमाउँदै उनी प्रतियोगिताबाट बाहिरिइन् ।
चेनले दोस्रो गेम ११–४, तेस्रो ११–४, चौथो ११–० र पाँचौं गेम ११–३ ले जितिन् ।
यसअघि महिला सिंगल्समै नेपालकी इभाना थापा पनि पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।
अब महिला डबल्समा इभाना र नविताकै जोडीले प्रतिस्पर्धा गर्न बाँकी छ ।
प्रतिक्रिया 4