News Summary
Generated by OK AI. Editorially reviewed.- फेरान टोरेसको ह्याट्रिकसँगै पीएसजीले यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनमा स्लोभान ब्राटिस्लाभालाई ६–१ ले हरायो ।
- टोरेसले ३१औं, ४७औं र ५७औं मिनेटमा गोल गर्दै क्लबका लागि च्याम्पियन्स लिग डेब्यूमै ह्याट्रिक गरे ।
- ओस्मान डेम्बेलेले दुई गोल र दुई असिस्ट दिए भने फाबियन रुइजले ८७औं मिनेटमा अर्को गोल थपे ।
२४ भदौ, काठमाडौं । फेरान टोरेसले ह्याट्रिक गरेपछि साविक विजेता पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनमा ६–१ को शानदार जितसहित सुरुवात गरेको छ ।
लिग चरणको पहिलो खेलमा पीएसजीले स्लोभान ब्राटिस्लाभालाई एकतर्फी रूपमा पराजित गर्यो ।
पीएसजीको जितमा स्पेनिस फरवार्ड टोरेसले ३१औं, ४७औं र ५७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि ओस्मान डेम्बेलेले १७औं र २३औं मिनेटमा लगातार दुई गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८७औं मिनेटमा फाबियन रुइजले अर्को गोल थपे ।
स्लोभानका लागि सुलेमान कामाराले ५८औं मिनेटमा फर्काएको गोल सान्त्वना बन्यो ।
यही समरमा बार्सिलोनाबाट पीएसजी आएका टोरेसले च्याम्पियन्स लिगमा क्लबका लागि डेब्यू खेलमै ह्याट्रिक गर्दै प्रभावशाली सुरुआत गरेका छन् । डेम्बेलेले दुई गोलसँगै दुई असिस्ट पनि दिए ।
फ्रेन्च लिग वानमा सिजनको सुरुआती तीन खेलमा जितविहीन रहेको पीएसजीका लागि युरोपमा आएको यो फराकिलो जितले आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4