+

पब्जी मोबाइलको ग्लोबल ओपन साउथ एसियन फल च्याम्पियनसिप नेपालमा हुने

२०८३ भदौ  २४ गते २१:०९ २०८३ भदौ २४ गते २१:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पब्जी मोबाइलको ग्लोबल ओपन साउथ एसियन फल च्याम्पियनसिप भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा हुने भएको छ।
  • ईस्पोर्ट्स संघ नेपाल र पब्जी मोबाइलले आयोजना गर्ने प्रतियोगितामा दक्षिण एसियाका १६ टिमले ४० हजार अमेरिकी डलर प्राइज पुलका लागि प्रतिस्पर्धा गर्नेछन्।
  • नेपालबाट होरा ईस्पोर्ट्ससहित टीटूके, हिडन लिफ ईस्पोर्ट्स र द गेमिङ ब्रोस्किज सहभागी हुनेछन्।

२४ भदौ, काठमाडौं । पब्जी मोबाइलको ग्लोबल ओपन साउथ एसियन फल च्याम्पियसिप नेपालमा हुने भएको छ । ईस्पोर्ट्स संघ नेपाल (ईशान) र पब्जी मोबाईलको आयोजनामा सञ्चालन हुने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खृलकुद परिषद कभर्डहलमा हुनेछ ।

चार दिने ल्यान प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म सञ्चालन हुनेछ । ईशानका सचिव आशिष दाहाल र पब्जी मोबाईलको तर्फबाट ईस्पोर्ट्स काउन्टिका ग्लोबल स्पोर्ट्स हेड इमाम हुसेन अफरिदीले कार्यक्रम आयोजना सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतियोगितामा दक्षिण एसियाका १६ पब्जी टिमले ग्लोबल छनोट हुने लक्ष्य सहित ४० हजार अमेरिकी डलर प्राइज पुलका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालबाट ४, पाकिस्तानबाट ८ र बंगलादेशबाट ४ गरी १६ टिम सहभागी हुनेछन् ।

नेपालबाट आमन्त्रित टिमको रुपमा होरा ईस्पोर्ट्स सहित टीटूके, हिडन लिफ ईस्पोर्ट्स र द गेमिङ ब्रोस्किजले प्रतियोगितामा चुनौती पेश गर्नेछन् । प्रत्येक दिन ६ गरी चार दिनमा २४ वटा खेल हुनेछन् ।

ईशानका सचिव दाहालले पब्जी मोबाईलको राष्ट्रिय प्रतियोगिताको सफल आयोजना पश्चात ग्लोबल ओपनको अन्तराष्ट्रिय कार्यक्रम नेपालमा हुन लागेको बताए ।

पब्जी मोबाईलका तर्फबाट ग्लोबल ईस्पोर्ट्स हेड अफरिदीले ईस्पोर्ट्स अन्तर्गत पब्जीको लोकप्रियताले ग्लोबल ईभेन्टका लागि नेपाल उपयुक्त थलो बनेको उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा सञ्चालन हुने पब्जी मोबाईलको अन्तराष्ट्रिय प्रतियोगितालाई ईशानले नेपालमा प्रवर्द्धन गरेको हो ।

पब्जी मोबाइल ग्लोबल ओपन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय