News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार बिहान सवा ७ बजे ओमानसँग खेल्नेछ।
- नेपाल समूह ‘ए’ को विजेता र ओमान समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्।
- उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनोट हुनेछ भने दुई फाइनलिस्ट र तेस्रो हुने टोली इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन्।
२४ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले बिहीबार बिहान ओमानसँग खेल्दै छ ।
मलेसियाको बायुमास क्रिकेट ओभलमा हुने खेल नेपाली समयअनुसार बिहीबार विहान सवा ७ बजेदेखि सुरु हुनेछ ।
नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल खेल्न लागेको हो भने ओमान समूह ‘बी’ को उपविजेताका रूपमा खेल्दै छ ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएपनि समूहको विजेताकै रूपमा रहेको हो । यता ओमान भने यूएई र कुवेतसँग पराजित भएपनि समूह ‘बी’ मा उपविजेता बन्यो ।
नेपालले समूह चरणमा बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो भने अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो । हारका बाबजुद नेपाल समूहविजेता बनेको थियो ।
समूह ‘ए’ को उपविजेता बनेको हङकङले बिहीबारै हुने सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ ।
यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनोट हुनेछ । इमर्जिङ टिम्स एसिया कपका लागि भने दुई फाइनालिस्ट स्वत: छनोट हुनेछन् ।
फाइनल पुग्न नसक्ने दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन् । तेस्रो हुने टोली पनि इमर्जिङ टिम्स एसियाका लागि छनोट हुनेछ ।
प्रतिक्रिया 4