+

एनभीएल : अन्नपूर्ण स्पाइकर किंग्स लगातार तेस्रो खेल जित्दै शीर्ष स्थानमा

२०८३ भदौ  २४ गते १७:५५ २०८३ भदौ २४ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिगमा खप्तड फाल्कन्स सुदूरपश्चिमलाई २५-१५, २५-१५, २९-२७ ले हराएर लगातार तेस्रो जित दर्ता गरेको छ।
  • अन्नपूर्ण ४ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा उक्लेको छ र फाइनल पुग्ने सम्भावना कायम राखेको छ।
  • खप्तड फाल्कन्सको यो लगातार चौथो हार हो, र उसले अन्तिम लिग खेल बिहीबार काठमाडौं रेड्ससँग खेल्नेछ।

२४ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार तेस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको खेलमा अन्नपूर्णले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गरेको हो ।

अन्नपूर्णले खप्तडलाई २५-१५, २५-१५,२९-२७ ले हरायो । सुरुवाती दसई सेट अन्नपूर्णले एकपक्षीय रूपमा आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो सेटमा खप्तडले केही चुनाैती दिएपनि अन्नपूर्णले टाईब्रेकमा आफ्नो पक्षमा पारेको हो ।

लगातार ३ खेल जितेको अन्नपूर्ण ४ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो ।

पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्णले त्यसपछि काठमाडौं रेड्स, मधेश वारियर्सलाई पराजित गरेको थियो ।

अन्नपूर्णले यो जितपछि शीर्ष स्थानमा रहेर फाइनल पुग्ने सम्भावना पनि कायम राखेको छ ।

अन्नपूर्णले अब बिहीबार लिग चरणको अन्तिम खेल सगरमाथा स्म्यासर्ससँग खेल्नेछ ।

खप्तडको भने यो लगातार चाैथो हार हो र खप्तडले अब लिगको अन्तिम खेल बिहीबार काठमाडौं रेड्ससँग खेल्नेछ ।

आजै दोस्रो खेलमा कर्णाली शिवराज र काठमाडौं रेड्सबीच प्रतिस्पर्धा हुनेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ

अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय